आठविसमा तीन घर पहिरोले बगायो १० घर बिस्थापित

 

दैलेखको आठविस नगरपालिका वडा नं. ५ मा पहिरोले तीन घर बगाएको छ । लगातारको बर्षातसँगै आएको पहिरोले तीन घर र एउटा घुम्ति बगाएको हो । बुधवार साँझ आएको पहिरोले घर बगाएको भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरीबहादुर ओलीले जानकारी दिएका छन् ।
बर्षातको भल सडक हुँदै आएको र सडकको पहिरो बस्तिमा पसेपछि घर बगाएको स्थानीयको भनाई छ । अहिले अन्य ७ घर उच्च जोखिममा रहेका छन् ।
जिल्लाभर लगातार बर्षात भएकोले रातिको समयमा उच्च सर्तकता अपनाउँदै १५ घर परिवारलाई सुरक्षित स्थानमा पाल टाँगेर बस्ने व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार